नियम १५
दाना स्तर निर्धारण समितिको गठन
: (१) ऐन तथा यस नियमावलीमा
तोकिए बमोजिमको काम गर्नको लागि देहाय बमोजिमको एउटा दाना स्तर
निर्धारण समिति (यस पछि यस परिच्छेदमा समिति भनिएको) गठन गरिएको
छ ः-
(क) महा–निर्देशक, पशु विकास
तथा पशु स्वास्थ्य विभाग –अध्यक्ष
(ख) प्रमुख खाद्य अनुसन्धान
अधिकृत –उपाध्यक्ष
(ग) कानून तथा न्याय
मन्त्रालयका उपसचिव –सदस्य
(घ) कृषि मन्त्रालयका उपसचिव –सदस्य
(ङ) उद्योग मन्त्रालय अन्तर्गतको
नेपाल गुणस्तर कार्यालयको
वरिष्ठ अधिकृत –सदस्यध
(च) पशुचिकित्सालयका वरिष्ठ
पशु चिकित्सक –सदस्य
(छ) उद्योग मन्त्रालयबाट मनोनीत
दाना उद्योग व्यवसायी –सदस्य
(ज) पशु विकास तथा पशु
स्वास्थ्य विभागबाट मनोनीत
पशु पंक्षी पालन व्यवसायमा
लागेका व्यक्ति सदस्य
(झ) कृषि मन्त्रालय अन्तर्गतका
सार्वजनिक विश्लेषक सदस्य–सचिव
(२) उपनियम (१) खण्ड (छ) र (ज) बमोजिम मनोनीत सदस्यहरूको
पदावधि सामान्यतः दुई वर्षको हुनेछ ।
तर मनोनित गर्ने मन्त्रालयले सो अवधि समाप्त भएपछि त्यस्तो
सदस्यलाई पुन मनोनित गर्न वा अवधि नपुग्दै त्यस्तो सदस्यलाई हटाउन
सक्नेछ ।
(३) समितिको बैठकमा सम्पूर्ण सदस्य संख्याको आधा भन्दा बढी
सदस्यहरू उपस्थित भएमा गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) समितिको कार्यालय नेपाल सरकारले तोकेको स्थानमा रहनेछ ।
(५) समितिका सदस्यहरूले समितिको बैठकमा भाग लिए बापत नेपाल
सरकारबाट निर्धारण भए बमोजिमको बैठक भत्ता पाउनेछन् ।
(६) समितिको बैठकको अन्य कार्यविधि समिति आफैंले व्यवस्थित गर्न
सक्नेछ ।